काठमाडाैं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । पछिल्लाे समय महाधिवेशन तथा भेला सम्पन्न गरेका राजनीतिक दलका नेताहरूलाइ काेराेना संक्रमण भएकाे छ ।
नेकपा मा आेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूलाइ पनि काराेना संक्रमण भएकाे छ । उनीहरू घरमै आइसाेलेसन बसेका छन् ।

