शनिबार १० हजार २५४ जना संक्रमण,१६ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । पछिल्लो २४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको हाे ।

१४ हजार ४६२ पीसीआर परीक्षण हुँदा ८ हजार २१२ र ५ हजार ७२५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा संक्रमण देखिएको हो । 

 यस्तै,२४ घण्टामा १६ जनाको मृत्यु भएको छ । २४ घण्टामा ७०८ जना निको भएका छन् । यो सँगै निको हुनेको स्ख्या ८ लाख २० हजार २८३ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।