जीपमा ढुंगा खस्दा तीन जनाको मृत्यु

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो ।

जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका- १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।