स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आयोगकाे आग्रह

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो आग्रह गरेको हो।

२०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै आयोगले यस्तो आग्रह गरेको हो।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने भन्दै यस्तो आग्रह गरिएकाे हाे ।

विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ। सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

जेठ ५ गतेभित्र निर्वाचन गर्नका लागि निर्वाचन आयोगले पनि तयारी गर्नुपर्ने भन्दै आयोगले सरकारलाई निर्वाचनको मिति तोक्नका लागि पटक पटक ताकेता गर्दै आएको छ ।