काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएकाे भेटवार्तामा स्थानीय तहकाे निर्वाचन, एमसीसी लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएकाे छ ।
यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति भइसकेकाे छ । पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ । याे विषयमा गठबन्धनबीच एकमत हुन सकेकाे छैन ।

