लामो समयदेखि पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

धनुषा । जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा आएको छ। करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो।लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको रेल सञ्चालन भएपछि धनुषावासीमा खुशीयाली छाएको छ।ट्राई रनको सफलतापछि ड्राई रन गरिनुले नियमिति सेवा सञ्चालनको सुनिश्चिता भएको भन्दै स्थानीय खुशी भएका हुन्।

रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन्।रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ‘ड्राई रन’ सञ्चालन भइरहने छन्।

ड्राई रनको लागि धनुषाको इनर्वाबाट जनकपुरधाम स्टेशन रेल आइपु्गेपछि स्थानीयले स्वागत गरेका छन्।जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले रेलको ड्राई रनले नगरवासीमा खुशीयाली छाएको उल्लेख गरे ।

‘नेपाल उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले यात्रु बोकेर नियमित सेवा सञ्चालनको प्रतिक्षामा नागरिक रहेकाले ‘दुई हप्ताभित्रै यो प्रतिक्षा पनि पूरा हुने विश्वास व्यक्त गरे।रेल नियमति सञ्चालनमा आएपछि त्यहाँको उद्योग व्यवसाय, पर्यटन व्यवसायी लगायत व्यापार व्यवसायी फस्टाउने उनले बताए ।