राप्रपा नेपाललाई ब्युँताउँदै कमल थापाले विगतमा गरेका गल्तीप्रति माफी मागे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । कमल थापाले राप्रपा नेपाललाई ब्युँताएका छन् । शनिबार उनले पार्टीकाे घोषणा मात्र गरेनन् कि विगत पाँच वर्षयता आफूबाट गल्ती गरेको भन्दै माफी समेत मागे ।

पाँच वर्षको अलमलमा राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं’ उनले भने,आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु ।
पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ । विभिन्न पार्टीसँग एकिकरण गर्ने क्रममा राप्रपा नेपाल विलिन भएकाे थियाे ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको स्वीकारे ।पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु पर्दा यो स्थितिमा आइपुगेको थापाको भनाई थियो।