ईतिहाँसकै महँगो भो पेट्रोलियम पदार्थ, अब पेट्रोल लिटरको १४५

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाण्डौ ८ फाल्गुन । गएराति देखि नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मुल्यबृद्दि गरेपछी नेपालमा अब पेट्रोलियम पदार्थ ईतिहाँसकै महँगो भएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
बढेको मुल्य अनुसार पेट्रोलको मुल्य १ सय ४५ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय २८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा भने मूल्य नबढाइएको निगमले बताएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल ५ रुपयाँ ६१ पैसा डिजेल ५रुपयाँ ६२ पैसाले बढेको र हवाई इन्धन ४ रुपयाँ ९५ पैसाले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब २ अर्ब ४० करोड रुपयाँ घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।