काठमाडाैं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले एमसीसी परियोजना व्याख्यात्मक घाेषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यहरुको विस्तारित बैठकले यस्ताे निर्णय गरेको गरेकाे हाे ।
माओवादीले एमसीसीमा सहमति जुटाउने र सत्ता गठबन्धन पनि बचाउने उदेश्यका साथ यो निर्णय गरेको जनाइएको छ । अर्काे प्रमुख सत्तारूढ नेकपा एकीकृत समाजवादी पनि पास गर्न लचिलाे बनेकाे छ ।
समान धारणा बनाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

