संसदबाट एमसिसी अनुमोदन गरिँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित सत्ता गठबन्धन दलले अाज संसदबाट अनुमोदन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अनुमाेदन गर्ने निर्णय गरेकाे हाे ।

 बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा सहभागी थिए । 

यसैबीच आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अाजकाे संसद बैठक अवरूद्ध गर्ने भएकाे छ ।