वालेटमा पैसा हाल्दा १ लाख ५० हजार सम्मको बम्पर

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ,१९ फागुन । नेपाल भरी जुनसुकै बैंक, वित्तीय संस्था, सहकारी संस्था तथा बिदेशबाट आईएमई पे वालेटमा रकम पठाउँदा बम्पर पुरस्कारमा एक जना भाग्यशाली ग्राहकले १ लाख ५० हजार सम्म पाउने भएका छन ।
आइएमई होस्टेमा हैंसे भन्ने नाराका साथ आरभ्भ गरिएको अफरमा दैनिक ५ जनालाई १ – १ हजार, हरेक हप्ता दुई जनालाई २५ – २५ हजार पुरस्कार स्वरुप प्रदान गरिने आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल ले बताउनु भएको छ । मार्च महिना भर चल्ने यो अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्शाउँदै आउनुभएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै सिईओ पोखरेलले भन्नुभयो यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने छ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् ।