‘देउवा र ओली मिलेको भए हाम्रो अस्तित्व सकिन्थ्यो’ – नेपाल

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ, २१ फागुन । एमसिसी पारित गर्ने क्रममा आफूहरु पछि हटेर देउवा र ओली मिलेको भए एकिकृत समाजबादी पार्टीको र आफ्नो समेत अस्तित्व सकिने अबस्था आई परेको नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपालले बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ४ को वडा कमिटी गठन समारोहमा बोल्दै नेता नेपालले यस्तो खुलासा गर्नु भएको हो । अध्यक्ष नेपालले भन्नु भयो – ‘पार्टी स्थापनाको छोटो अबधिमै ७ सय ५३ स्थानिय निकाय मध्धे ६ सयमा हाम्रो कमिटी गठन भैसकेको छ बाँकीमा पनि १ महिना भित्रै गठन हुन्छ । केपी ओलीहरु हमिले बनाई दिएको पार्टीमा रजाँइ गर्दै छन । अबको चुनाब पछी एमाले ५ औ पार्टी बन्छ ।
केपी ओलिमा सत्ताको मात, दम्भ र घमण्ड बढेपछी दुई तिहाई सरकार ढलेको हो । उनले हामिलाई दास बनाउन खोजे तर हामि स्वाभिमानी भएकाले झुक्न चाहेनौ’ ।


सुरज कुईकेलको अध्यक्षताका २९ सदस्यिय वडा कमिटी गठन भएको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले चुनाबमा गठबन्धनमा जान र पदिय भागबण्डामा आफ्नो दाबी राख्न पनि आफ्नो सँगठन बलियो बनाउन पनि नबगठित कमिटीलाई आग्रह गर्नु भएको थियो ।