ललितपुरमा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान घरमै चार जना शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल पुग्याउँदा चिकित्सकले मृत्त घोषणा गरेका थिए । 

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, नाै वर्षीय आशिष स्याङ्ताङ र सात वर्षीया आश्मा स्याङ्ताङ रहेका छन्। त्यस्तै, २३ वर्षीय शुभ स्याङ्ताङको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकाे छ।