आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा एकसाथ दुई शाखा उद्घाटन

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ, २५ फागुन । नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रले नेपालमा आइएमई मोटर्स प्रा.लिको एकसाथ दुई शाखा उद््घाटन गर्नु भएको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक)मा सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकामा सोरुमको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिदै ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्नुभयो । साथै अध्यक्ष ढकालले बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्नुभयो.। सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रलेअशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराउनु भयो ।
आइएमई ग्रुप अन्र्तगत संचालित सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन् । सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिदै आएको कम्पनीले जानकारी दिएको छ ।