सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा आज साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्काे सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशाँै अधिवेशन मङ्सिर २८ गते प्रारम्भ भएको थियो ।