मार्च २२ र २३ कि २४ र २५ कहिले हो एनआरएनको निर्बाचन ?

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाडौं, २ चैत्र । गैर आवासिय नेपाली सँघको निर्बाचन कहिले भन्नेमा अहिले प्रतिनिधीनै अन्यौलमा छन । एकातिर सँस्थापन पक्षले मार्च २४ र २५ गतेका लागी निर्बाचन मिती घोषणा गरेर निर्बाचन तालिका नै सार्बजनिक मात्रै हैन उम्मेद्दवारी समेत दर्ता गरी सकेको छ । भने अर्कोतिर एनआरएनका प्रमुख सँरक्षक शेष घलेले मार्च २२ र २३ गते निर्बाचन हुने गरी अर्को तालिका सार्बजनिक गरेका छन ।


यसले आम गैरआवासिय नेपालीमा शँका उब्जिएको छ कि नेतृत्व कर्ताको पदिय लोलुपताका कारण एनआरएन फुटको सँघारमा पुगेको त हैन ?
सँस्थापन पक्षले सार्बजनिक गरेको तालिका बमोजिम बर्तमान उपाध्यक्ष डा. बद्रि केसी र रविना थापाले अध्यक्षको प्रत्यासीका रुपमा आफ्नो उम्मेद्दवारी दर्ता गराएका छन भने अर्का अध्यक्षका आकाँक्षी कुल आचार्यको समूहले भने समस्या समाधान नगरी निर्वाचन तय गरेको भन्दै उम्मेदवारी दिएका छैनन ।


युवा उपाध्यक्ष पदका आकाँक्षी राज रेग्मी एनआरएन लाई फुटको बाटोमा लान नहुने बताउँछन । उनि भन्छन ‘एनआरएन फुटेमा त्यस कलँकको अपजस अहिले नेतृत्वलेनै लिनुपर्ने भएकोले दुबै पक्ष अधिकतम लचक भई सँस्थ टुक्रिनबाट जोगाउनु पर्दछ ।’


त्यसैगरी संघका महासचिव डा. हेमराज शर्मा सहमतिका लागि अधिकतम लचिलो हुने बताउँछन्। ‘संस्थापन पक्ष मिलेरै जानुपर्छ भनेर सुरुदेखि लचिलो हुँदै आएको छ’ शर्मा भन्छन ‘एनआरएनएलाई एक बनाउन सबै पक्षमा छलफल भइरहेको छ ।’