वसन्तपुरमा सर्वसाधारणले सुरक्षाकर्मीलाइ समेत रङ दलेर रमाइलाे माहाेल बनाए

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Others/अन्य , Photo Gallery , ३ वर्ष अगाडि

काठमाडाैं । रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । बिहीबार वसन्तपुरमा होली खेल्न पुगेका सर्वसाधारणले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई रङ दलेर होली मनाएका छन् ।

केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि लोला हानेर हैरान पार्नेलाई प्रहरीले पक्राउ गर्नुपर्ने हुन्थ्यो । पछिल्लो समय भने सबैले रङमात्र खेलेर रमाइलो गर्न थालेका छन् ।

बिहीबार होली उत्सव मनाउन वसन्तपुरमा पुगेका सर्वसाधारणले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई रङ दलेर रमाइलो माहोल बनाएका तस्बिर गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले आफ्नो लेन्समा कैद गरेका छन् । वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेपछि उपत्यकामा हाेली पर्व सुरू भएकाे मानिन्छ ।

तस्विर:गाेरखापत्र अनलाइन