नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख भन्दाबढीले लगाए काेराेनाविरूद्धकाे खोप

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं ।नेपालमा खोप अभियान सुरु भएदेखि आजसम्म तीन करोड ९२ लाख भन्दाबढीले खोप लगाइसकेको छ ।  नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

जस मध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा र १८ लाख २९ हजार ५२० जनाले अतिरिक्र खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ।

कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एकमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ ।
६४.१ प्रतिशत अर्थात एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१८ वर्ष माथीका लक्षित जनसंख्या मध्ये ९२.९ प्रतिशतले अर्थात एक करोड ८४ लाख ९८ हजार १६० जनाले एक मात्रा खोप लगाएका छन् । त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार ८१.२ प्रतिशत अर्थात एक करोड ६१ लाख ८४ हजार ८५८ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

१२ वर्ष देखि १७ वर्षसम्मका लक्षित जनसंख्याको ९१ प्रतिशत अर्थात ३१ लख १८ हजार ७८५ जनाले एक मात्रा खोप लगाएका छन् । त्यस्तै ६७ प्रतिशत अर्थात २३ लाख ११ हजार ९९८ जनाले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले बैसाख मसान्तसम्म १२ वर्षमाथीका सबै लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।

त्यस्तै ५ वर्ष देखी ११ वषै उमेर समुहका बालबालिकाहरुलाई पनि सरकार छिट्टै कोरोनाको विरुद्ध खोप लगाउने जनाएको छ ।नेपालले अहिलेसमम विभिन माध्यमबाट भेरोसेल,कोभिसिल्ड,अस्ट्राजेनिका,मोर्डना,फाइजर र जोन्सन एण्ड जोन्सन गरेर चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप प्राप्त गरेको छ।