पुन: रोकियो एनआरएनको निर्बाचन, नेतृत्व छलफलमा ब्यस्त

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , प्रवास , ४ वर्ष अगाडि

काठमाण्डौ,९ चैत्र । गैरआवासिय नेपाली सँघको भोलि र पर्सि हुने भनिएको निर्बाचन पुनः रोकिएको निर्वाचन समितीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । एक पक्षिय रुपमा निर्वाचन गराउन लागिएको भन्दै सँस्थापन पक्ष बिरुद्द चिन्तामणी सापकोटा र उमेश कुमार पुडासैनीले दायर गरेको रिटमा आदेश गर्दै पाटन उच्च अदालतले तत्काल निर्वाचन नगर्न आदेश जारी गरेको थियो । आज दुबैपक्षलाई छलफलको लागी बोलाएको अदालतले पुनः आदेशलाईनिरन्तरता दिएपछी भोलि र पर्सि हुने भनिएको निर्बाचन स्थगित भएको निर्वाचन समितीले जनाएको हो ।
अध्यक्षका तिन प्रत्यासि बिच हिजो मिलेर जाने सहमती भएपछी भोलिबाट हुने महाधिबेशमा आबश्यक बिधान सँसोधन गरी निर्बाचन गर्ने कार्यतालिका थियो ।
अदालतको आदेश पछि निर्वाचन स्थगित गरेरअब केगर्ने भन्नेबारे एनआरएनका नेताहरु छलफलमा ब्यस्त छन ।


उता पुर्ब अध्यक्ष शेष घलेले आयोजना गरेको अबिधेशनमा बन्दसत्र चालु छ । घलेले अध्यक्षका प्रत्यासिहरु रबिना थापा,कुल आचार्य र डा. बद्रि केसीबिच भएको सहमती लाई मानेका छैनन ।