स्याङ्जाको वालिङमा भएको जीप दुर्घटना परीे मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।
वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाईते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा अन्दाजी वर्ष ६० वर्षका अंगबहादुर डाला, ५५ का जिप चालक दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।
जीप सडकबाट झण्डै दुई सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको थियाे । जीपमा ११ जना सवार रहेका बताइएको छ ।

