पल शाह प्रकरण : पीडितले बयान फेरिन्

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , News/समाचार , ४ वर्ष अगाडि

तनहुँ । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् ।

तनहुँ अदालतमा आज भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् । जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ ।

गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ । तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आज बकपत्र लिने काम भएको जानकारी दिनुभयो ।