(अन्तिम नामावली सहित )

काठमाण्डौ,१७ बैशाख । ३० बैशाखमा हुन गईरहेको स्थानिय निर्बाचनका लागी उम्मेद्दवारी दर्ता गराएका मध्धे हिजो उम्मेद्दवारी फिर्ता लिने दिन १ मेयर, ३ वडा अध्यक्ष सहित १२ जनाले उम्मेद्दवारी फिर्ता लिएका छन ।
अब कागेश्वरी मनोहरा नगर पालिकामा ४७ पदका लागि २ सय १४ जना चुनाबी प्रतिस्पर्धामा छन ।
१ जना मेयरका लागी १० जनाका उम्मेद्दवारी परेको छ भने १ उप मेयरकालागी ७ जना प्रतिस्पर्धामा छन । त्यसैगरी ९ वडा अध्उक्षकालागी ४९ जना ९ महिला सदस्यका लागी ३७ जना, १८ खुल्ला सदस्यका लागी ७७ जना प्रतिस्पर्धामा छन भने ९जना दलित महिला सदस्यकालागी ३४ जनाको उम्मेद्दवारी परेको छ ।






