काठमाडाैं । आजदेखि काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण हुँदैछ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेकाे हो ।
गत वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु गरेका थिए । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेका सबै धारा र ठाउँमा पानी पुग्नेछ ।
अरु संरचना बन्दै गरेका र परीक्षण हुन बाँकी धारामा बिस्तारै पठाउँदै जाने पनि प्रमुख शाक्यले बताए । अहिले केयूकेएलले १० करोड लिटर पानी वितरण गर्दै आएको छ । केयूकेएलबाट वितरण भइरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी २७ करोड लिटर पानी काठमाण्डौमा वितरण हुनेछ ।

