नवलपरासीकाे हुप्सेकाेटमा चुनाव प्रचारका क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

नवलपरासीमा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ ।हुप्सेकोट गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् ।

काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ । वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ ।

आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते हुनुभएको छ । झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन् ।