चैत २८ यता ४ म्यादी प्रहरीको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका मध्ये अहिलेसम्म ४ म्यादी प्रहरीको मृत्यु भएको छ ।विभिन्न घटना दुर्घटनामा परी उनीहरूकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  

सिन्धुपाल्चोकमा खटिएका दुर्गासिं बस्नेत, नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा परी मृत्यु भएकाे हाे। यस्तै हुम्लामा खटिएका जसबहादुर रोकाको सुतेकै ठाउँमा मृत्यु हुँदा सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले बताए ।  

निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई चैत २८ बाट एक साता सुरक्षा तालिम दिएर इयुटीमा खटाइएको छ ।याे अवधिमा आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरीलाइ बर्खास्त गरिएकाे छ ।उनीहरूकाे कार्यअवधि ४० दिन रहेकाे छ ।

  निर्वाचन सुरक्षामा खटिंदा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने सरकारले गत अाइतबार निर्णय गरेको छ । आत्महत्या गर्नेका हकमा भने निर्णय लागू नहुने कान्तिपुर दैनिकमा खबर छ ।