काठमाडाैं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा पनि नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।वडा अध्यक्षका उम्मेदवार मधु तामाङ सहितकाे प्यानल विजयी भएको हाे ।
तामाङले १२०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका सुदीप पण्डित क्षेत्रीले ८२७ मत पाएका थिए। यसपटक कांग्रेसकाे गढ एमालेले भत्काउँदै लगेकाे छ ।
वडा नं १ बाट एमालेले विजयी सुरूवात गरेकाे हाे । अहिले वडा नं ३ र ४ काे मतगणना भइरहेकाे छ । त्यहा पनि कांग्रेस र एमालेका उम्मेदवारबीच केही मतकाे मात्र तलमाथि भइरहेकाे छ ।

