गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा पनि एमालेको प्यानल विजयी

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलको प्यानल निर्वाचित भएको हो । कुईकेलले ११८३ मत प्राप्त गर्दा कांग्रेसका किरण विष्टले ८६१ मत ल्याएका थिए ।

वडा सदस्यहरुमा लक्ष्मी भण्डारी, चित्रमाया विक, बुद्धि बहादुर श्रेष्ठ र सचिन लामा विजयी भएका छन् । यसअघि वडा नं १ र २ मा पनि एमालेको प्यानल नै विजयी भएको थियो ।

यसअघि कांग्रेसले जितेको वडाहरुमा एमालेले कब्जा जमाएको हो । वडा नं ४ को जारी मत गणनामा पनि एमालेका उम्मेदवार नै अगाडि देखिएको छ ।