काठमाण्डौ, २ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नँ ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्दवार अनिल थापा १ हजार ५ सय २ मत सहित बिजयी भएका छन । गएराती अबेला प्राप्त परिणाम अनुसार थापाले निकटतम प्रतिद्दवन्दि एमालेका उम्मेद्दवार रामहरी गोतामेलाई ६१ मतअन्तरले पराजित गरेका हुन । गोतामेको १ हजार ४ सय ४१ म्त आएको थियो ।
महिला सदस्यमा भगवती बस्नेत, दलित महिला सदस्यमा सारा पुर्कुटी, तथा २ जना खुल्ला सदस्यमा मन्जु थापा र राजेन्द्र थापा चारैजना एमालेबाट चुनिएका छन ।
नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्दवार उपेन्द्र कार्कीलाई ९ नँ वडाबाट १४२६ मत प्राप्त भएको छ भने एमालेका रामशरण ढुँगानालाई ११८६ मत प्राप्त भएको छ । यसैगरी उपप्रमुखमा एमालेकी शान्ता थापालाई १८४२ मत प्राप्त भएको छ भने माओबादी केन्द्रका भोला चापागाँइलाइ ६२४ मत प्राप्त भएको छ ।

