१५ हजार मत गणना सकिदा काँग्रेसका कार्की एमालेका ढुँगाना भन्दा १ हजार १ सय ९५ मतले अगाडी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ, ३ जेठ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा जारी मत गणनामा हालसम्म ५ वडा वडाको मतगणना सकिदा नगर प्रमुखमा नेपाली काँग्रेसका उपेन्द्र कार्की नेकपा एमालेका उम्मेद्दवार रामशरण ढुँगाना भन्दा ११९५ मतले अगाडी छन ।

नेपाली काँग्रेसका उम्मेद्दवार उपेन्द्र कार्की

हाल सम्म गणना सकिएको वडा नँ १, २, ३, ८ र ९ तथा मतगणना जारी रहेको वडा नँ ७ को ११८४ मत गण्ना सकिदा कार्कीले ६ हजार ४ सय ६६ मत पाएका छन भने ढुँगानाले ५ हजार २ सय ७१ मत पाएका छन ।
त्यसैगरी उप प्रमुखमा नेकपा एमालेकी शान्ता थापाले ६ हजार १ सय ३० मत पाउँदा माओबादी केन्द्रका भोला चापागाँइले ३ हजार ५ सय १९ मत पाएका छन ।
कुल खसेको मत मध्धे अब ११ हजार ८ सय ३० भोट गन्न बाँकी छ । मत गणना जारी रहेको वडा नँ ७ को २४५२, वडा नँ ६ को ३८६१, वडा नँ ५ को २४५९ तथा वडा नँ ४ को ३०५८ मत गन्न बाँकी छ ।