कार्कीले ढुँगानालाई ३ हजार ५९ मतले पछी पार्दै नगर प्रमुख बने, मेयरका २ र उपमेयरका १ उम्मेद्धवारको शुन्य मत

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

काठमाण्डौ, ६ जेठ । गत बैशाख ३० सँम्पन्न स्थानियतहको निर्बाचनको कागेश्वरी मनोहरा नगरपालिकामा मतगणना आज बिहान सँम्पन्न भएको छ । अन्तिम परिणाम आउँदा नेपाली काँग्रेसका उम्मेद्धवार उपेन्द्र कार्कीले नेकपा एमालेका उम्मेद्धवार रामशरण ढुँगानालाई ३ हजार ५९ मतले पछी पार्दै नगर प्रमुखमा निर्वाचित भएका छन । कार्कीले ११ हजार ३ सय २२ मत पाउँदा ढुँगानाले ८ हजार २ सय ६३ मत मात्रै पाएका थिए ।

कागेश्वरी मनोहरा नगर पालिकाका नब निर्बाचित प्रमुख उपेन्द्र कार्की तथा उप प्रमुख शान्ता थापा


तेस्रोबढी मत नेकपा समाजबादीका कृष्णहरि थापाले पाएका छन उनले ३ हजार ५ सय ५६ मत पाएका थिए भने राप्रपाका उम्मेद्धवार राजु फुँयालले १ हजार ४ सय १८, स्वतन्त्र उम्मेद्धवार पुरुशोत्तम शर्मा चापागाँइले ४३, मोलिक जरोकिलो पार्टीका प्रभा सुबेदी पोखरेलले ३९, जनमोर्चाका सुदिप सापकोटा र स्वतन्त्र उम्मेद्धवार टप बहादुर थापाले ३,३ तथा २ जना स्वततन्त्र उम्मेद्धवारको आफ्नै भोट पनि आफैलाई छैन । उनिहरुले शुन्य मत पाएका छन । शुन्य मत पाउने नगर प्रमुखका उम्मेद्धवारहरु मनिल फूँयाल र बरुण कुमार लामा हुन ।

त्यसैगरी नेकपा एमालेकी उम्मेद्धवार शान्ता थापाले नेकपा माओबादी केन्द्रका भोला चापागाँइलाई ४ हजार ५ सय ४३ मतान्तरले पछीपार्दै उप प्रमुखमा निर्बाचित भएकी छन । थापाले ९ हजार ९ सय ७५ मत पाउँदा चापागाँइले ५ हजार ४ सय २२ मत पाएका थिए । त्यसैगरी तेस्रोमा नेकपा समाजबादीकी सरस्वती नेपालले २ हजार ६ सय ९३ मत पाउँदा राप्रपाकी सरिता बजगाँइ चापागाँइले २ हजार २ सय ५८ मत पाएकी थिइन । मौलिक जरोकिलोका नारायण अधिकारीले ९३ मत पाउँदा स्वतन्त्र उम्मेद्धवार निर्मल खड्काले २ मत पाएका छन । उप प्रमुखमा पनि एक जनाको आफ्नै मत समेत आफैलाई छैन अर्थात राष्टिय जनमोर्चा नेपालका उम्मेद्धवार लक्ष्मी कुमारी राईले शुन्य मत पाएकी छिन ।