यस्ताे छ सरकारकाे वार्षिक नीति तथा कार्यक्रम

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै लगिने बताइन् ।  नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्णरुपमा आत्मसात् गरेको बताइन्।

त्यस्तै,  बहुमूल्य जडिबुटीलाई संरक्षण गरी व्यावसाहिक उत्पादन गरिने, वनको दिगो व्यवस्थान गरी वन पैदावरमा आत्मनिर्भर हुने व्यवस्था गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी, काठलगायतका वनजन्य पदार्थको आयात निरुत्साहित गरिने छ । चुरे क्षेत्रको एकीकृत संरक्षण तथा विकास गरिनेछ । कोशी, गण्डकी र महाकाली जलाधारको संरक्षण र व्यवस्थापन गरिनेछ । नदी प्रणालीको सुदृढीकरण गरिने र  राज्यका आधारभूत तहमा महिलाको सहभागितालाई प्राथमिकता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले गरेकाे सम्बोधनको प्रति टेबुल गरे ।  बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गरेकाे सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि सभामुखले यही जेठ १२ र १३ गतेका लागि दिन तोक्नुभएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १२ गते बिहान ११ बजे बस्नेछ ।