ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जन निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जन निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जन ४२ हजार ७२२ मतसहित विजयी भएका हुन् ।

उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाइ १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए ।ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् ।

उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए ।