यस कारण रवीन्द्र मिश्रले दिए पार्टी अध्यक्षबाट राजीनामा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको जनाउँदै उनले बुधबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मिश्रले लेखेका छन्,गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’उनले अब साधारण सदस्य भने रहिरहने जानकारी दिएका छन्।

उम्मेदवारहरूले राम्रो नतिजा हाँसिल गर्न नसक्नुको जिम्मेवारी पार्टीको नेताको रूपमा आफूले लिनुपर्ने बताएका छन्।  यस चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिका र त्यहाँका दुई वडामा जितेको छ।

आफूले राजीनामा दिइसकेको हुँदा पार्टीका संयोजक मिलन पाण्डे लगायतलाई गरिएकाे कारबाही पनि फिर्ता गरिदिन मिश्रले अनुरोध गरेका छन्।