सर्वोच्चले उल्ट्यायो सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइरालाको फैसला

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला  सर्वोच्च अदालतले उल्ट्याएको छ ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्चको संयुक्त इजलासले गरेको उक्त फैसला उल्ट्याएको हाे ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो । उक्त फैसलाको चौतर्फी आलोचना भएको थियो ।

कोइरालाले अब कैद भुक्तानका लागि थप ११ वर्ष जेल बस्नुपर्नेछ ।डीआईजी कोइरालाले ९ वर्ष अघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए ।