काठमाण्डौ, १४ जेठ । नगर अस्पताल मुलपानीमा स्थापना गर्ने तयारीमा रहेको ब्लडबैक कागेश्वरी नगरपालिका भित्र मात्र नभै उपत्यका भित्रका सबैको पहुँच पुग्ने गरी सँचालन गर्ने नवनिर्बाचित नगर प्रमुख उपेन्द्र कार्कीले बताउनु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले थलीमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथी कार्कीले उक्तकुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘कागेश्वरी मनोहरा नगरपालिका भित्रका स्वस्थकेन्द्रमा मात्रै नभई माग बमोजिम सबैतिर सबैलाई रगत उपलब्ध गराउन सक्षम ब्लडबैक सन्चालनमा ल्याउने छौ । जसले गर्दा हाम्रो नगरपालिकाको गौरब बढ्दै छ । ‘
उक्त अबसरमा नगर प्रमुख कार्कीले नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखालाई रक्तदान कार्यक्रमका अलावा मानबिय तथा बिपद ब्यबस्थापनका क्षेत्रमा नगरपालिका सँग सहकार्य गर्नपनि आग्रह गर्नुभयो ।

बिशेष अतिथी नगर उपप्रमुख शान्ता थापाले तिनतिन महिनामा खेरजाने रगत अरु कसैकालागी दानगरेर महान काममगर्नेहरुलाई धन्यबाद दिदै यस्तो मानबियकार्यमा जोडिने अबसर प्रदान गरेकोमा नेपाल रेडक्रस सोसाईटी प्रति आभार ब्यक्त गर्नुभयो ।

३२ प्रिन्ट रगत सँकलन
नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका सभापति बासुदेब पौडेलको सभापतित्वमा आज सँम्पन्न रक्तदान कार्यक्रमा ३२ प्रिन्ट रगत सँकलन भएको थियो ।

रक्तदान कार्यक्रममा बिशेष सहयोग पुर्याए बापत नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले प्रहरी प्रभाग थलीलाई सम्मान गरेको थियो नगर प्रमुख कार्की तथा तथा उप प्रमुख थापाले उक्त सँम्पानपत्र प्रभागका इन्चार्ज प्रहरी नायब निरिक्षक पिताम्बर पराजुलीलाई हस्तान्तरण गर्नु भएको थियो ।


