सरकार एकलौटी नभएकाले कांग्रेसले चाहे अनुसार मात्र हुँदैन : देउवा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार मात्रै नहुने बताएका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार एकलौटी रूपमा कांग्रेसको नभएको भन्दै पार्टीसँग आबद्ध संघसंगठनहरूलाई धेरै माग नगर्न आग्रह गरे । 

श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन भने सरकारको दृढ संकल्प रहेको बताए ।सरकारकाे सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

श्रमिकहरूको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत काेभिडले प्रभाव पारेको अवस्थामा रुस-युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतिबाट गुज्रिएकाे बताए ।

यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको प्रधानमन्त्री देउवाकाे भनाइ थियाे ।प्रधानमन्त्री देउवाले सरकारले कोभिड- १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियान लगायत कार्यक्रमहरूले हाल कोभिड नियन्त्रणमा आएकाे दावी गरे ।