काठमाडाैं । नेपालले अमेरिकासँग हुन लागेको विवादित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतालाई अस्वीकार गर्ने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौतामा सहभागी नहुने निर्णय गर्दै अमेरिकासँगको एसपीपी सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ ।
विवादित एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्ने आवाज चौतर्फी उठेपछि सरकारले सम्झाैता नगर्ने स्पष्ट गरेकाे हाे ।अमेरिकाले प्रस्ताव गरेको मस्यौदाअनुसार अघि बढ्दा नेपालको असंलग्न परराष्ट्र नीति विपरीत हुने ठहर गर्दै अघि नबढ्ने निष्कर्षमा पुगेको हो।
२०७२ सालको भुकम्पपछि नेपालले मानविय र विपद् जोखिम न्यनुनिकरणका लागि एसपिपीमा आबद्ध हुन निवेदन दिएको थियो। तर अहिले उक्त सम्झौतालाई अमेरिकाले सैन्य रणनीतिसँग जोडेर अघि बढाएपछि नेपाली सेना, राजनीतिक दल एवं बुद्धिजिवीहरुको सुझावका आधारमा सकार पछि हट्न तयार भएको हो।सो सम्झौता फिर्ता लिन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।