बढी पहिरोमा परि २३ सय ६२ को निधन, ८ सय ८० बेपत्ता

Dipak Pudasaini Banner Headline with Image , Education , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रदेश , स्वास्थ्य , ४ वर्ष अगाडि

काठमाण्डौ, १२ असार । बाढी, पहिरो तथा भारी बर्षाका कारण नेपालमा बिगत ११ बर्षमा २ हजार ३ सय ६२ जनाको निधन भएको छ भने ८ सय ८० जना हराई रहेका छन । राष्ट्रिय बिपद्ध जोखिम न्यूनीकरण तथा ब्यबस्थपन प्राधिकरणका अनुसार २०६८ बैशाख १ देखी २०७८ चैत्र ३१ सम्म ११ बर्षको अबधिमा यति ठुलो क्षति भएको हो ।
उक्त अबधिमा १७५६ बाढीका घटना भएका थिए, उक्त घटनामा ८५७ जनाको मृत्यू भएको थियो भने ५४८ जना बेपत्ता भएका र १९२ जना घाइते भएका थिए । उक्त बाढीबाट १६ करोड ८० लाख ७ हजार ३ सय ६० अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।


त्यसैगरी सोहि अबधिमा २४५६ पहिरोका घटना भएका थिए । पहिरोबाट १३८७ जनाले ज्यान गुमाएका थिए भने ३३० जना बेपत्ता र ११३६ जना घाइते भएका थिए । जसबाट १७ करोड ५२ लाख ६ सय ५० रुपयाँ बराबरको अनुमानित क्षति भएको थियो ।
१६०४ भारी बर्षाको घटना हुदा उक्त ११ बर्षको अबधिमा ११८ जनाको निधन भएको थियो भने २ जना बेपत्ता तथा ३१८ जना घाइते भएका थिए । जसबाट ५२ करोड भन्दा बढीअनुमानित क्षति भएको प्रधिकरण द्धवारा जारी मनसुन पुर्ब तयारी तथा प्रतिकार्य राट्रिय कार्ययोजनामा २०७९ मा उल्लेख गरिएको छ ।