‘सही हो नी कान्छी’ भन्दै आए गाएक गुरुङ

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , २ वर्ष अगाडि

काठमाण्डौ, १४ असार । लामो समगपछी ‘सही हो नी कान्छी’ बोलको साँगितिक कोसेली लिएर आएका गायक रोशन गुरुङ पुन बजारमा छाएका छन । यसअघि गायक गुरुङले ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीत दर्शक श्रोता माझ पस्कि सकेका छन ।

‘सही हो नी कान्छी’ बोलको गितमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशन बाबु जिम्बाको छ । सुन्दर नगर ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय जिबन्त रहेको छ । सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।