बामदेव गौतमद्वारा नयाँ दल घोषणा ,श्रीमती र छाेरा पनि केन्द्रीय समितिमा

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नाम नयाँ दल घोषणा गरेका हुन् ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) ,आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।

उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन हुनुअघिको नेकपालाई पुनर्जीवित गर्नका लागि उनले राष्ट्रिय अभियानै चलाएका थिए ।सोही अभियानको विस्तारित रुपलाइ उनले पार्टी घोषणा गरेका हुन् ।