करिब ३ वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पायो

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छिन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी हुन्। 

  प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा १ मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो ।

  सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गरेका थिए ।   तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो ।  

नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन्। यसअघि उनी तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ ।