३ महिनामा १ सय २१ जनाको मृत्यू, ६८ करोड ५२ लाख रुपयाँ भन्दा बढीको क्षती

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ, १ श्राबण । नेपालमा बिगत ३ महिनामा प्राकृतिक बिपत्तिबाट १ सय २१ जनाले ज्यान गुमाएका छन भने २ जना बेपत्ता तथा २ सय ९९ जना बेपत्ता भएको राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणले जनाएको छ ।
प्रधिकरणका अनुसार उक्त घटनाहरुबाट ६८ करोड, ५२ लाख ४४ हजार ३ सय ६० रुपयाँको अनुमानित क्षती भएको छ ।

भृकुटी मण्डपमा भएको आगलागी


२०७९ बैशाख १ देखी असार ३२ गतेसम्म भएका प्राकृतिक बिपत्तिका १ हजार ८५ घटनाहरु मध्धे सबैभन्दा बढी चट्याङ लागेर ५० जनाको निधन भएको छ भने १ सय २० जना घाइते भएका छन । पहिरोमापरी १७ जनाको निधन भएको छ भने २२ जना घाइते भएका छन ।

मनहरा खोलामा आएको बाढी

त्यसैगरी बाढीमा परी ३ जनाको मृत्यू, १ बेपत्ता तथा ६ जना घाइते भएका छन भने बर्षाका कारण ४ जनाको मृत्यू र ६ जना घाइते भएका छन । सर्पले टोकेर ६ जनाको निधन र ५ जना घाइते तथा आगलागी बाट १९ जनाको मृत्यू र ५९ जना घाइते भएका छन । जँगलमा लागेको आगोबाट १ को मृत्यू र २ घाइते, हावाहुरीबाट ९ को मृत्यू, जनावर आक्रमणबाट १२ को मृत्यू ३५ घाइते, भुकम्पबाट १ घाइते तथा डुङ्गा पल्टेर १ जना बेपत्ता भएको प्रधिकरणको बुलेटिनमा उल्लेख छ ।