काठमाण्डौ २ श्रावण । सरकारले सेवाशुल्क १० हजार मात्रै लिन पाउने गरि फ्रि टिकट फ्रि भिषा लागु गरेका देशहरुमा श्रमिक पठाउँदा म्यानपावर कम्पनिहरुले टेबुल माथीबाट १० हजार र टेबुलमुनिबाट डेडलाख लिनेगरेको श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शेर बहादुर कुँबरले बताउनु भएको छ ।

श्रम रोजगार पत्रकार समुह सँगको भेटमा मन्त्री कुँबरले भन्नु भयो – ‘यसरी ठगिएका कयौ उजुरी बिभागमा आउँछन तर प्रमाण अभाबका कारण हामिले कार्वाही गर्न सकेका छैनौ’ ।
खाडीका देशहरुबाट घरेलु कामदारमा उच्च माग आइरहेको बताउँदै मन्त्री कुँबरले गन्तब्य मुलुकले ति कामदारका हकहितका सवालमा कानुन निर्माण र उनिहरुको हक अधिकार तथा शुरक्षाको ज्ञारेन्टी नगरेसम्म सरकारले अनुमति दिन नसक्ने बताउनु भयो ।

स्वदेशको रोजगार प्रर्बधनमा सरकारको ध्यान कम गएको भन्दै मन्त्री कुँबरले भन्नुभयो ‘देशमै प्रबिधिक सिप र दक्षता अभिबृद्धी लगायतका तालिम सन्चालन गरेर युवा जनशक्तिलाई देशमै रोजगारी दिन सकिन्छ । यहाँका गरगहना बनाउने स्थल देखी कपाल काट्ने ठाउँसम्म, इटाभट्टा देखी निर्माण क्षेत्र सम्म बिदेशि कामदारले ओगटेका छन र यहाँबाट ठुलो मात्रामा बिदेशि मुद्रा बाहिरिइ रहेको छ । बिदेशमा गएर गरेजस्तो काम स्वदेशमै गर्ने हो भने यहाँ रोजगारको अभाब छैन ।’
देशमा रहेका दक्ष श्रमिकहरु जस्तै निजि स्वास्थ सँस्थामा कार्यरत नर्स हुन वा निजि शिक्षण सँस्थामा पढाइरहेका शिक्षकहरु जसले समेत उचित पारिश्रमिक नपाएको सुन्नमा आएकोले त्यस सँम्बन्धमा छानबिन तथा अनुगमन गर्दै सरकारको न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउन पहल गर्ने पनि मन्त्री कुँबरले जानकारी दिनुभयो ।

