काठमाण्डौ, २ श्राबण । काठमाण्डौमा हैजाका बिरामी ३० जना नाघिसकेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले जनाएको छ । त्यसमध्धे ८ जना कागेश्वरी मनोहरा नगरपालिका भित्रका रहेको नगरपालिकाकी स्वास्थ शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।

नगरपालिका भित्र हैजाको सँक्रमण बढ्दै गएपछी नेपाल रेडक्रस कागेश्वरी मनोहरा उपशाखाको आग्रहमा नेपाल रेडक्रस केन्द्र तथा जिल्ला शाखाको समन्वय र मुलपानी नगर अस्पताल तथा नगरपालिका स्वास्थ शाखाको सहयोगमा प्रकोप क्षेत्र पहिचान गरी खानेपानी निर्मलीकरण गर्ने औषधी बितरण तथा रोकथामका उपाय अपनाउन माइकिङ गर्ने कार्य आरम्भ गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखा मातहतका बिभिन्न उपशाखाका स्वयँसेबक सहभागी जनचेतना अभियान ३ दिन सम्म चल्ने उपशाखाका सभापति बासुदेब पौडेलले बताउनु भएको छ ।

