काठमाडाैं । न्यायाधीशलाई घूस प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सात दिनभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना जारी गरिएकाे छ ।
स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि नेपाल कानून व्यवसायी परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेको हो ।
घूस प्रकरणमा कारबाही गर्नुपर्ने हो/होइन भनी पोखरेललाई सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।सिभिल सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुसको प्रस्ताव गरेका थिए । न्यायाधीशकाे विषयमा समितिले छानबिन प्रक्रिया अघि बढाइरहँदा पाेख्रेल भने साे प्रकरण पछि सम्पर्कबिहिन छन् ।

