चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्।केसी स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन्। उनले १ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए।