कास्की, १६ साउन । पहिरोले घर पुरिदा पोखरामा भाईको मृत्यू भएको छ भने दिदी घाइते भएकी छिन । आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमाआएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र उनकी दिदी सुनिता सुुनार घाइते भएको जि.प्र.का कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन ।
तिवारीका अनुसार अनुसार उक्त घरमा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोलाका घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन । सोहि घटनामा घाइते भएकी मृतककी दिदी २७ वर्षीया सुनिता सुनार भने उपचार भइरहेको छ

