२३ घण्टापछि सन्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टामै बन्द, यात्रुको बिचल्ली

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , २ वर्ष अगाडि

चितवन, १८ साउन । पहिरोले २३ घण्टा बन्द रहेको मुग्लीन नारायणघाट सडक खण्ड बाटो सन्चालनमा आएको साँढे ४ घण्टामै पुनः बन्दभएको छ । गत सोमबार राति ११ बजे देखी बन्द भएको सडक हिजो राती १० बजे सन्चालनमा आएको थियो ।
भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको मौरी खोल पुल नजिकै लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर आज बिहान २.३० बजेदेखी बाटो पुनः दुबै तर्फ अवरोध भएको हो ।पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ।
सडक अबरुद्ध हुँदा यात्रुरुहरू सडकमै अलपत्र परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्त नरहरी अधिकारीका अनुसार अहिले बाटो खुलाउने पहल भइरहेको छ ।