निलम्बित प्रधानन्यायाधीश जबराविरूद्धकाे महाअभियोग प्रस्तावमाथि आइतबार संसदमा छलफल हुने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं ।सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।

आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो । सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीमा जबरामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । 

 महाअभियोगको प्रस्तावमाथि छलफल अघि बढ्न सकेको थिए । यद्यपि, भोलि बस्ने बैठकमा छलफल हुने उल्लेख छ । यसअघि २०७४ साल वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

कार्यसूचीको बुँदा नम्बर ४ मा ‘‘मिति २०७८ फागुन २९ गतेको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

सर्वाेच्चका प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ गते महाभियोग दर्ता भएको थियो । सो प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका थिए ।