काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले १ सय ८९ सदस्यीय केन्द्रीय समिति बनाएकाे छ ।
भट्टराई पहिलाे र यादव दाेस्राे वरीयतामा छन् । गंगानारायण श्रेष्ठलाई सहअध्यक्ष बनाइँदा उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह र दुर्गा सोव चयन भएका छन्। रमेशप्रसाद यादवलाई महासचिव बनाइएको छ । मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुविकरण र एकतासम्म गर्न सक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

